चलचित्र ‘आ बाट आमा’ निर्माण हुने, भदौदेखि छायाङ्कन
सोमबार, ०५ जेठ २०८२, १४ : २७
काठमाडौँ । नयाँ चलचित्र ‘आ बाट आमा’ को निर्माण हुने भएको छ । निर्देशक चन्द्र पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
सार्वजनिक थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्साएको देखाइएको छ । चलचित्रमा आमाप्रति सन्तानको माया कति हुन्छ भन्ने भन्ने देखाइने निर्देशक पन्तले बताए ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायाङ्कन आगामी भदौबाट हुने छ ।चलचित्रमा कलाकार को को हुनेछन् भन्न विषयमा चाँडै जानकारी दिइने निर्देशक पन्तले बताए ।
चलचित्र विकास बोर्डमा चलचित्र दर्ता समय कलाकारको रूपमा क्रिस्मत सिंह र विपना थापा उल्लेख गरिएको छ । चलचित्रलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण