‘डीएसए स्टार २०२५’ मा चार शीर्ष विजेता छनोट
काठमाडौँ । १६ औँ ‘डीएसए स्टार २०२५’ मा चार शीर्ष विजेता छानिएका छन् । प्रतियोगिता ‘मिनी डान्सिङ स्टार’, ‘जुनियर डान्सिङ स्टार’, ‘प्री–टिन डान्सिङ स्टार’ र ‘सिङगिङ स्टार’ ४ विजेता छानिएका हुन् ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अद्भिका लामिछाने विजेता बन्दा रुविना राई ‘फस्ट रनर अप’ र एलिस्मा वाइवा ‘सेकेन्ड रनर अप’ भइन् । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका घिसिङ ‘फस्ट रनर अप’, युनिका बोगटी ‘सेकेन्ड रनर अप’, सुविसा बोहोरा ‘थर्ड रनर अप’, साहारा भुजेल ‘फोर्थ रनर अप’, निर्भरा बस्नेत ‘फिफ्थ रनर अप’, कस्तुप तामाङ ‘सिक्स्थ रनर अप’ र श्रीषा धरेल ‘सेभेन्थ रनर अप’ भए ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’ तर्फ मनिषा श्रेष्ठ विजेता बन्दा रुहिना तामाङ ‘फस्ट रनर अप’, शिखा तामाङ ‘सेकेन्ड रनर अप’, एन्जल रानामगर ‘थर्ड रनर अप’, अनुभव न्यौपाने ‘फोर्थ रनर अप’, रितु सुनार ‘फिफ्थ रनर अप’, प्रिशानी बस्नेत ‘सिक्स्थ रनर अप’ र नेरिसा ढकाल ‘सेभेन्थ रनर अप’ भइन् ।
यसैगरी ‘सिङगिङ स्टार’ तर्फ आँचल अधिकारीले शीर्ष उपाधि चुम्दा प्रिन्सेस भण्डारी ‘फस्ट रनर अप’, कृष सुनार ‘सेकेन्ड रनर अप’ र रेसन गुरुङ ‘थर्ड रनर अप’ भए । कलाकार पल्पसा डङ्गोल, डा.रमेश अधिकारी र गायक तथा सङ्गीतकार थानेश्वर गौतम निर्णायक रहेको प्रतियोगितामा गायक विश्व दोङलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ प्रदान गरियो ।
विजेताले म्युजिक भिडियो अभिनयसँगै सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आयोजक परिवर्तन इभेन्ट हाउसकी सोनिया जी आरले बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण