सर्लाही दुर्घटना अपडेटः सबै घाइतेहरूको परिचय खुल्यो, एक युवतीको मृत्यु
लालबन्दी । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार अपराह्न ४ः४० बजे पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बसले र म्याजिक भ्यानलाई ठक्कर दिएको थियो ।
रानीगञ्जबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २६४५ नम्बरको म्याजिक सवारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा म्याजिक भ्यानमा सवार लालबन्दी नगरपालकिा–१७ की २२ वर्षीया सोना पन्तको मृत्यु भएको हो । गम्भीर घाइते भई उपचारका लागि उनलाई लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको थियो । तर ४ः५० बजे त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते अन्य ८ जनाको मोडेल अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था निम्न अनुसार रहेको प्रहरीले जनाएको छः
१. शान्ति देवी राम (६५), ईश्वरपुर नपा–७ – टाउको र मुखमा चोट, अवस्था मध्यम ।
२. अमिसा श्रेष्ठ (२२), ईश्वरपुर, सागरनाथ – बाँया आँखामा चोट, सामान्य अवस्था, उपचारपछि डिस्चार्ज ।
३. फुल कुमारी घलान (५६), लालबन्दी – टाउको र बाँया खुट्टामा चोट, अवस्था मध्यम ।
४. अंकित महतो (१८), लालबन्दी – टाउकोमा चोट, अवस्था मध्यम ।
५. बबिता श्रेष्ठ (४५), लालबन्दी – बाँया हात र टाउकोमा चोट, सामान्य, उपचारपछि डिस्चार्ज ।
६. राजकिशोर साह (१९), लालबन्दी – मुख र नाकमा चोट, अवस्था मध्यम ।
७. रबिनाथ महतो (५४), लालबन्दी – नाक, कम्मर, र खुट्टामा चोट, अवस्था मध्यम ।
८. विजय तामाङ (२१), लालबन्दी–१ – दाहिने खुट्टा र घाँटीमा चोट, अवस्था मध्यम ।
बस चालक भने दुर्घटनापछि फरार छन् । दुवै सवारीसाधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा २७ जनाको टोली परिचालन गरिएको थियो ।
घटनाको थप अनुसन्धान तथा सुरक्षा व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरबाट प्रहरी निरीक्षक रजोस घिमिरेको नेतृत्वमा ६ जनाको टोली तथा सशस्त्र प्रहरी बेस क्याम्प हरिवनबाट नायब उपरीक्षक एकराज बुर्लाकोटीको नेतृत्वमा १३ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनास्थलमा सडक आवागमन सामान्य रहेको र मृतकको शव मोडेल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान र चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण