बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लघुवित्त पीडितको न्याय मागप्रति सरकार मौन बनेको प्रभु साहको आरोप

सोमबार, ०५ जेठ २०८२, १६ : ००
सोमबार, ०५ जेठ २०८२

सारांश

  • आजपा अध्यक्ष प्रभु साहले लघुवित्त पीडितको आन्दोलनप्रति सरकार उदासीन भएको आरोप लगाए।
  • उनले सरकारले पीडितसँग गरेको सम्झौता कार्यान्वयन नभएको र कार्यदलको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए।
  • साहले लघुवित्त संस्थाले बढी ब्याज असुलेको र सरकारको गैरजिम्मेवार व्यवहारले लाखौं पीडित अन्यायमा परेको बताए।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित्त पीडितहरुको आन्दोलनप्रति सरकार उदासीन भएको आरोप लगाएका छद्द् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष साहले सरकारसँग पीडितहरूसँग भएको सम्झौता किन कार्यान्वयन नभएको भन्दै प्रश्न उठाए। उनले भने, "सरकारले लघुवित्त पीडितसँग एक वर्षअघि सम्झौता गरेको थियो। वास्तविक पीडितको पहिचानका लागि कार्यदल समेत गठन गरिएको थियो, तर प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।"

साहले सम्झौता कार्यान्वयन नहुँदा लाखौं पीडितहरू सेवा सुविधाबाट बञ्चित भएको बताए। "कालोसूचीमा परेका वृद्धवृद्धाहरू सामाजिक सुरक्षा भत्ताबाट बञ्चित छन्। विधवा, अपाङ्ग र अन्य श्रमिक वर्गका नागरिकले पनि राहत पाएका छैनन्," उनले भने।

अध्यक्ष साहले सरकारप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गरे, "म सोध्न चाहन्छु – यो सरकार विचौलिया र लुटेराको हो कि आम नेपाली जनताको हो?" उनले थपे, "हामी हेर्छौं, कुनै सिंगो व्यक्ति प्लेकार्ड लिएर उभियो भने संसद तत्ने, सरकार तुरुन्तै सक्रिय हुने तर यहाँ लाखौं पीडित सडकमा हुँदा किन सरकार मौन छ?"

उनले लघुवित्त संस्थाहरूले कानूनभन्दा बढी ब्याज असुली गरेर जनतालाई लुटेको आरोप लगाए। 
सरकारको यस प्रकारको गैरजिम्मेवार व्यवहारलाई उनले मानवता हराएको अवस्था भन्दै टिप्पणी गरे।  साहले लघुवित्त पीडितलाई तत्काल न्याय दिन समेत सरकारको ध्यानाकर्षण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप