मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

मङ्गलबार, ०६ जेठ २०८२, ०९ : ५८
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा भएको छ । मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्र बलिराम चौहानले निर्देशन गर्दै छन् । यसै फिल्मबाट चौहानले निर्देशन डेब्यु गर्न लागेका हुन् । 

चौहान प्रदर्शनको  पर्खाइमा रहेको चलचित्र ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए । 

चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । जुङरुङ्ग कपाल छ । उनको अगाडि निलो कलर छ । निलो बादलजस्तो पनि देखिन्छ । बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । तर, प्रस्ट छैन । चलचित्रको कलाकार छनौटमा रहेको पछि जानकारी दिने निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप