चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा भएको छ । मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्र बलिराम चौहानले निर्देशन गर्दै छन् । यसै फिल्मबाट चौहानले निर्देशन डेब्यु गर्न लागेका हुन् ।
चौहान प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।
चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन् । उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ । जुङरुङ्ग कपाल छ । उनको अगाडि निलो कलर छ । निलो बादलजस्तो पनि देखिन्छ । बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । तर, प्रस्ट छैन । चलचित्रको कलाकार छनौटमा रहेको पछि जानकारी दिने निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण