खुट्टा धुने क्रममा चिप्लिएर एक युवक नारायणी नदीमा बेपत्ता
खोजीकार्यको लागि गोताखोर परिचालन
मङ्गलबार, ०६ जेठ २०८२, २० : १३

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कस्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।
मंगलबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १४ बस्ने २७ वर्षिय सचिन कार्की बेपत्ता भएका हुन् ।
बेपत्ता भएका उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।
उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स