खुट्टा धुने क्रममा चिप्लिएर एक युवक नारायणी नदीमा बेपत्ता
खोजीकार्यको लागि गोताखोर परिचालन
मङ्गलबार, ०६ जेठ २०८२, २० : १३
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कस्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएका छन् ।
मंगलबार पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १४ बस्ने २७ वर्षिय सचिन कार्की बेपत्ता भएका हुन् ।
बेपत्ता भएका उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।
उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण