महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बेला महाशिलाले नीति तथा कार्यक्रम नै गुरुङ भाषामा प्रकाशन गरेको छ ।
नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए । सरकारले गुरुङ भाषालाई कामकाजको भाषाको रूपमा प्रयोमा ल्याउने तयारी गरेको अवस्थामा महाशिलाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम गुरुङ भाषा र लिपीमा सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नीति तथा कार्यक्रम स्थानीय भाषामा सार्वजनिक गर्ने महाशिला गाउँपालिका पहिलो तह बनेको जानकारी दिए ।
गाउँपालिकाले नेपाली भाषामा नीति तथा कार्यक्रम गत वर्ष सार्वजनिक गरेको थियो । सोही नीति तथा कार्यक्रमलाई अहिले गुरुङ भाषामा प्रकाशन गरिएको हो । गुरुङ भाषाभित्र खिमा लिपीमा नीति तथा कार्यक्रमलाई लिपीबद्ध गरिएको उहाँले बताउनुभयो । महाशिलाले यसअघि नेपाली भाषामा आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, स्वास्थ्य, सामाजिक न्याय, खानेपानी, भौतिक पूर्वाधार, विपत् तथा वातावरण, संस्थागत सेवा प्रवाह र सुशासन क्षेत्रलाई प्राथमिकता दिइ नीति तथा कार्यक्रम ल्याएको थियो ।
यसैगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, खेलकुद तथा मनोरञ्जन, संस्कृति, प्रदेश सरकारसँग सहकार्यलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका थिए । तीनै प्राथमिकताका क्षेत्रलाई अहिले गुरुङ भाषाको खिमा लिपीमा उल्था गरी प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले आगामी वर्षदेखि दुवै भाषामा एकैसाथ सार्वजनिक गरिने बताए ।
महाशिलाकाका ६ वटै वडामा गुरुङ समुदायको बसोबास रहेको छ । गण्डकी सरकारले सरकारी कामकाजको भाषाका रूपमा गुरुङ र मगर भाषालाई समेट्न विधेयक ल्याउनुअघि गुरुङ र मगर बाहुल्य जिल्लामा पुगी सरोकारवालासँग सुझाव सङ्कलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
-
१३ वर्ष, ५ सय खेल र २ सय गोल
-
दोषी ठहरिए ओबामाको घर नजिकै हतियारसहित पक्राउ परेका पूर्व अमेरिकी सेनाका सिपाही
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमती प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ, सम्भवतः आजै आदेश आउने