रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ हुन सकेन।
- मंगलबार सुनुवाइ सुरु भए पनि न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा परेका कारण सुनुवाइ स्थगित भयो।
- अधिवक्ताहरूले बहस गरेपछि पीडित र सरकारी वकिलले बहस गर्न बाँकी छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ ।
मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
उक्त दिन सुनुवाइ नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो ।
यसअघि मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी नै छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नुपर्ने हुन्छ ।
सामान्यतया बुधबार र शुक्रबार सर्वोच्चमा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलास बस्ने गरेको छ । बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण