बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

बुधबार, ०७ जेठ २०८२, १० : ५३
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ हुन सकेन।
  • मंगलबार सुनुवाइ सुरु भए पनि न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा परेका कारण सुनुवाइ स्थगित भयो।
  • अधिवक्ताहरूले बहस गरेपछि पीडित र सरकारी वकिलले बहस गर्न बाँकी छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । 

मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो । 

यसअघि मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी नै छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ ।  त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नुपर्ने हुन्छ ।

सामान्यतया बुधबार र शुक्रबार सर्वोच्चमा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलास बस्ने गरेको छ । बुधबारको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप