रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
बुधबार, ०७ जेठ २०८२, १२ : ५३
रोम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका थिए । इटालीले यसलाई समर्थन गरेको छ ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा सम्पर्क निर्माण गर्न र शान्तिको लागि काम गर्न तयार रहेको बताएकी छिन् ।
भ्याटिकनमा वार्ताको आयोजना गर्ने पोपको इच्छालाई उनले सकारात्मक रूपमा हेरेकी छिन् । यद्यपि, यस विषयमा अझै सहमति भने भई सकेको छैन ।
गत शुक्रबार टर्कीमा रुस र युक्रेनी अधिकारीहरू बिच बैठक भएको थियो । यस बैठकमा रुसले अन्य कयौँ सर्तहरू थपेको छ ।
‘भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैँ तयार छ र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्नेछ ।’ पोप लियोले गत हप्ता भनेका थिए । ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको लागि एक विकल्प र आशा भएको भ्याटिकनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण