रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
बुधबार, ०७ जेठ २०८२, १२ : ५३

रोम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका थिए । इटालीले यसलाई समर्थन गरेको छ ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा सम्पर्क निर्माण गर्न र शान्तिको लागि काम गर्न तयार रहेको बताएकी छिन् ।
भ्याटिकनमा वार्ताको आयोजना गर्ने पोपको इच्छालाई उनले सकारात्मक रूपमा हेरेकी छिन् । यद्यपि, यस विषयमा अझै सहमति भने भई सकेको छैन ।
गत शुक्रबार टर्कीमा रुस र युक्रेनी अधिकारीहरू बिच बैठक भएको थियो । यस बैठकमा रुसले अन्य कयौँ सर्तहरू थपेको छ ।
‘भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैँ तयार छ र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्नेछ ।’ पोप लियोले गत हप्ता भनेका थिए । ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेको लागि एक विकल्प र आशा भएको भ्याटिकनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं परिसरबाट भागेका थुनुवा समातिए
-
लागूऔषध सहित एक जना पक्राउ
-
पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?
-
धितोपत्र बोर्डले गर्यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत
-
नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
-
विपद्लाई प्रमुख प्राथमिकतामा राखेर व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री कार्कीको आग्रह