छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बुधबार, ०७ जेठ २०८२, १३ : २०

समाचार सारांश
- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
- सर्लाही, सुर्खेत, महोत्तरी, नवलपरासी पश्चिम र सिराहामा भएका दुर्घटनामा मोटरसाइकल र अन्य सवारी साधन संलग्न थिए।
- प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- सर्लाही, बागमती नगरपालिका-४ जिरायत बजारस्थित सडकमा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउसो दुर्घटना हुँदा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट माधव नारायण नगरपालिका-४ बिसुनपुर्वा बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चन्द्रनिगाहपुर प्रालि अस्पताल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलमा सवार २ जनाको बागमती मोडेल अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
- सुर्खेत, लेकवेशी नगरपालिका-३ ब्यवारे पुलस्थित सडकमा दशरथपुरबाट लेकफर्सातर्फ जाँदै गरेको क.प्र.०२-००२ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने २० वर्षीय समीर सुनारको मृत्यु भएको छ । मंगलबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- महोत्तरी, बर्दिबास नगरपालिका-८ क्वार्टर चोकमा प्र.२-०४-००१ प १४९७ नम्बरको मोटरसाइकल र प्र.२-०३-००१ च २५१७ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय अरुण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सण्डास्थित सडकमा सुनवलबाट परासीतर्फ आउँदै गरेको लु.१८ प २९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लवकुश चौधरीको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- सिराहा, गोलबजार नगरपालिका-९ स्थित सडकमा चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको प्र.२-०१-००१ क ०१७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ गोबिन्दपुर बस्ने महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ । टिपरले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित एक जना पक्राउ
-
पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?
-
धितोपत्र बोर्डले गर्यो दुई ऋणपत्र, दुई हकप्रद सेयर स्वीकृत
-
नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
-
विपद्लाई प्रमुख प्राथमिकतामा राखेर व्यवस्थापनका लागि तयार रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
भूमि सम्बन्धी विधेयकमा कांग्रेसको अड्को, अघोषित विरोध