बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा  (कार्यतालिकासहित )

बुधबार, ०७ जेठ २०८२, १३ : २८
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • नेकपा (एकीकृत समाजवादी) ले 'सुशासन र रोजगारी समाजवादको तयारी' नारासहित दोस्रो चरणको आन्दोलन घोषणा गर्‍यो।
  • वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गर्दै जेठ ५ देखि ३१ गतेसम्म कोणसभा, धर्ना, र विचारगोष्ठी लगायतका कार्यक्रम तय गरियो।
  • पार्टीले असार र साउनमा प्रशिक्षण तथा भदौदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने योजना बनाएको छ।

काठमाडौँ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित चैतबाट आन्दोलन सुरु गरेको नेकपा (एकीकृत समाजवादी)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

पछिल्लो सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो । 

महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् । वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा, धर्ना, विचारगोष्ठी, मागपत्र बुझाउनेलगायत छन् । 

जेठ महिनाको आन्दोलनले पार्टी पङ्क्तिलाई सम्पूर्ण रूपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । 

‘आन्दोलनकै क्रममा बाँकी प्रदेश, जिल्ला र पालिका अधिवेशनहरू पनि आयोजना गर्दै जानेछौ’, भुसालले भने, ‘सामान्यतया : असार र साउन महिना ‘आन्दोलनद्वारा पार्टी निर्माण’ भन्ने मुख्य विषयमा पार्टीव्यापीरुपमा प्रशिक्षणहरू आयोजना गर्ने सोच पार्टी सचिवालयले बनाएको छ । भदौदेखि आन्दोलनको तेस्रो र अझ प्रभावकारी चरण सुरु गरिनेछ ।’

495263985_1920895111988937_9013194817719959417_n494858064_2672875009585499_1201474313929544567_n495049756_1021912693459091_4622180481111607513_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप