एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (कार्यतालिकासहित )
सारांश
- नेकपा (एकीकृत समाजवादी) ले 'सुशासन र रोजगारी समाजवादको तयारी' नारासहित दोस्रो चरणको आन्दोलन घोषणा गर्यो।
- वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गर्दै जेठ ५ देखि ३१ गतेसम्म कोणसभा, धर्ना, र विचारगोष्ठी लगायतका कार्यक्रम तय गरियो।
- पार्टीले असार र साउनमा प्रशिक्षण तथा भदौदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्ने योजना बनाएको छ।
काठमाडौँ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने नारासहित चैतबाट आन्दोलन सुरु गरेको नेकपा (एकीकृत समाजवादी)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पछिल्लो सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर वैशाख ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो ।
महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् । वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा, धर्ना, विचारगोष्ठी, मागपत्र बुझाउनेलगायत छन् ।
जेठ महिनाको आन्दोलनले पार्टी पङ्क्तिलाई सम्पूर्ण रूपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
‘आन्दोलनकै क्रममा बाँकी प्रदेश, जिल्ला र पालिका अधिवेशनहरू पनि आयोजना गर्दै जानेछौ’, भुसालले भने, ‘सामान्यतया : असार र साउन महिना ‘आन्दोलनद्वारा पार्टी निर्माण’ भन्ने मुख्य विषयमा पार्टीव्यापीरुपमा प्रशिक्षणहरू आयोजना गर्ने सोच पार्टी सचिवालयले बनाएको छ । भदौदेखि आन्दोलनको तेस्रो र अझ प्रभावकारी चरण सुरु गरिनेछ ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण