बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सार्कको सार्थकता समाप्त भइसकेको छ : विजय जोली

बुधबार, ०७ जेठ २०८२, १४ : ४८
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले सार्कको सार्थकता समाप्त भएको बताए। उनले यसको दोष पाकिस्तानलाई दिए।
  • जोलीले नेपाल-भारत सम्बन्ध अटुट रहेको र यसलाई निरन्तरता दिइने बताए। उनले दुई देशबीचको सम्बन्ध रोटी र बेटीको मात्र नभई सैनिक क्षेत्रमा पनि गहिरो रहेको उल्लेख गरे।
  • जोलीले नेपालको धर्मनिरपेक्षताको विषयमा जनताको मतलाई बुझेर अघि बढ्नुपर्ने र निर्णयको अधिकार नेपाली जनता र राजनीतिक दलहरूलाई मात्रै हुनुपर्ने धारणा राखे।

काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् । 

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनले बताए । जोलीले नेपाल–भारतबिचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे । नेपाल र भारतबिच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उल्लेख गरे ।

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप