सार्कको सार्थकता समाप्त भइसकेको छ : विजय जोली
सारांश
- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले सार्कको सार्थकता समाप्त भएको बताए। उनले यसको दोष पाकिस्तानलाई दिए।
- जोलीले नेपाल-भारत सम्बन्ध अटुट रहेको र यसलाई निरन्तरता दिइने बताए। उनले दुई देशबीचको सम्बन्ध रोटी र बेटीको मात्र नभई सैनिक क्षेत्रमा पनि गहिरो रहेको उल्लेख गरे।
- जोलीले नेपालको धर्मनिरपेक्षताको विषयमा जनताको मतलाई बुझेर अघि बढ्नुपर्ने र निर्णयको अधिकार नेपाली जनता र राजनीतिक दलहरूलाई मात्रै हुनुपर्ने धारणा राखे।
काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् । नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।
सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनले बताए । जोलीले नेपाल–भारतबिचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे । नेपाल र भारतबिच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उल्लेख गरे ।
जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण