जनमत पार्टीको कार्यालयमा लोकतान्त्रिक मोर्चाको बैठक
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको बैठक जनमत पार्टीको कार्यालयमा सुरु भएको छ। बैठकले सचिवालय र मूल समितिलाई पूर्णता दिनेछ।
- यसअघिको बैठकले बजेट विनियोजन जनसङ्ख्या र मानव विकास सूचकाङ्कका आधारमा हुनुपर्ने माग गरेको थियो। राजबन्दी रिहाइको माग पनि गरिएको थियो।
- बैठकमा आगामी कार्ययोजना र भूमि विधेयक, संविधान संशोधनबारे धारणा बनाइनेछ। मोर्चामा विभिन्न राजनीतिक दलहरू छन्।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु भएको छ । जनमत पार्टीको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सचिवालय तथा मूल समितिलाई पूर्णता दिइने बताइएको छ ।
यसअघि जेठ १ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको बैठकले सचिवालय गठन गर्ने निर्णय गरेको थियो । सचिवालय गठनका लागि सबै पार्टीले नाम दिइसकेका छन् ।
आजको बैठकले त्यसलाई अनुमोदन गर्ने बताइएको छ । बैठकले अगामी कार्य योजनाको बारेमा पनि छलफल गर्ने बताइएको छ ।
यसअघि बसेको बैठकले जनसङ्ख्या मानव विकास सूचकाङ्कलाई आधार मानेर बजेट विनियोजन हुनुपर्ने सरकारसँग माग गरेको थियो । बैठकले राजबन्दीहरूलाई विनाशर्त रिहाइ गर्न, संसदमा प्रस्तुत भएको भूमि विधेयकको सम्बन्धमा मोर्चाको धारणा तयार गर्ने र संविधान संशोधन बारे मोर्चाको यथाशीघ्र अवधारणा पत्र तयार गर्ने निर्णय गरेको थियो ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण