जीवन शर्माको गीतमा प्रचण्ड, नारायणकाजी र पासाङ छमछमी नाचेपछि...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जनयुद्धको आधार क्षेत्र रोल्पाको थवाङमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू जनवादी प्रगतिशील गायक जीवन शर्माको गीतमा छमछमी नाचेका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा बुधबार थवाङ पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल शर्माको चर्चित गीत ‘सिमली छायाँमा बसी...’ बोलको गीतमा छमछमी नाचेका हुन् ।
नेकपा माओवादी केन्द्रले २०५२ साल फागुन १ गते तत्कालीन शाही सत्ताविरुद्ध रोल्पा, रुकुम, सिन्धुली र गोरखा जिल्लाबाट जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।
रोल्पा त्यही जिल्ला अध्यक्ष प्रचण्डले २०६४ साल चैत २८ गते भएको पहिलो सििंवधानसभा निर्वाचनमा क्षेत्र नम्बर–२ बाट भारी मतले विजयी भएका थिए ।
२०७३ सालमा राज्य पुर्नसंरचना भएपछि एक निर्वाचन क्षेत्र रहेको रोप्पामा २०७९ को निर्वाचनमा वर्षमान पुन निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण