भ्रष्टाचार मुद्दा लागेका बागमतीका मेयर थापा खनिए मिडियामाथि
काठमाडौँ । बागमती नगरपालिकाका मेयर भरत थापा मिडियामाथि खनिएका छन् ।
नगरापालिकाको करोडौं रकम हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक विभिन्न शीर्षकमा मुद्दा चलाएपछि त्यसबारे मिडियाहरूले गरेको रिपोर्टिङप्रति उनले कडा शब्दमा आज सामाजिक सञ्जालमा लेखेका छन् ।
संवेदनशील विषयमा समेत केही राष्ट्रिय भनिएका मिडिया हाउसेसले तथ्य र प्रमाणभन्दा भावनामा बहकिएर बनावटी कथा बुनेर वास्तविक तथ्यलाई अप्रमाणित रिपोर्टिङ गरेको उनको आरोप छ ।
उनले सामाजिक सञ्जालमा तीव्र असन्तोष व्यक्त गर्दै सोधेका छन्, 'के मिडिया नै अदालत हो ?'
रिपोर्टिङ गरेका टेलिभिजनले आफ्नो बाइट नराखेको र स्थलगत दृश्य प्रस्तुत नगरेको र मात्र चिच्याएर बोलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
खासगरी टेलिभिजनले आफ्नो बदनामी हुनेगरी शब्दको जाल बुनेर पत्रकारिताको मूल मर्मलाई बिर्सिएर आफ्नो आलोचना मात्र गरेको उनले लेखेका छन् ।
'न्यायाधीश हुन् ती पत्रकार ?' उनले फेसबुकमा लेखेका छन्, 'के अहिलेचाहिँ भ्रम उजागर भयो ? के अदालत हो, टेलिभिजन रु शब्द प्रयोगको पनि हेक्का राख्नुपर्छ नि । कथा, साहित्य होइन, पत्रकारिता । न्यायाधीश हुन्, त्यो टेलिभिजनका पत्रकार ? जनताको विश्वास जित्नका लागि कन्टेन्टमा विश्वसनीयता चाहिन्छ । शब्दजाल होइन ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको पोस्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण