तालिमको अभ्यासमा रुसले गरेको आक्रमणमा मारिए ६ युक्रेनी सेना
सारांश
- रुसले हानेको मिसाइल आक्रमणमा सुमेमा ६ जना युक्रेनी सेनाको मृत्यु भयो, १० जना घाइते भए।
- रुसले तालिम क्याम्पलाई लक्षित गरी इस्कन्दर मिसाइल आक्रमण गरेको भिडियो जारी गर्यो, जसमा ७० जनाको मृत्यु भएको दाबी छ।
- युक्रेन युद्धको बीचमा, रुसले सुमे क्षेत्रमा बारम्बार गोलाबारी गरिरहेको छ, जुन क्षेत्रबाट युक्रेनले रुसको कुर्स्क क्षेत्र कब्जा गर्ने अभियान सुरु गरेको थियो।
किभ । रुसले हानेको मिसाइल लागेर युक्रेनी सीमा क्षेत्र सुमेमा छ जना युक्रेनी सेनाको मृत्यु भएको छ । यस घटनामा अरू १० जना घाइते भएको युक्रेनको नेशनल गार्डले भनेको छ ।
रुसको रक्षा मन्त्रालयले पहिले नै तालिम क्याम्पलाई लक्षित गर्दै गरिएको इस्कन्दर मिसाइल आक्रमणको भिडियो जारी गरेको थियो । यस घटनामा ७० जनाको मृत्यु भएको रुसी समाचार संस्था तासले भनेको छ ।
युक्रेन युद्धका बिचमा सुमे क्षेत्रमा रुसले बारम्बार गोलाबारी गरिरहेको छ । युक्रेनले यहीँबाट रुसको कुर्स्क क्षेत्र कब्जा गर्ने अभियान सुरु गरेको थियो ।
अघिल्लो दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कुर्स्क क्षेत्रको भ्रमणमा गएका थिए । यस क्रममा उनले स्वयम् सेवकहरूको साथसाथै स्थानीय कार्यकारी गभर्नरलाई पनि भेटेका थिए ।
त्यसपछि उनी नजिकमा रहेको परमाणु ऊर्जा केन्द्रमा पनि गएको सरकारी सञ्चारमाध्यमले भनेका थिए । युक्रेनले पनि तालिम क्याम्पमा भएको आक्रमणको पुष्टि बुधवार बिहानै गरेको थियो ।
रुसले जारी गरेको अपुष्ट भिडियोमा पनि जङ्गली क्षेत्र नजिकै रहेको बाटोमा दर्जनौँ सिपाही हिँडिरहेको अनि केही बेरमै विस्फोट भएर धुवाँको मुस्लो उठिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण