राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता
सारांश
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी कार्यगत एकताका लागि सहमत भएका छन्।
- दुवै दलले मोर्चाबन्दी हुँदै पार्टी एकतासम्मको लक्ष्य लिएका छन्, साथै साझा एजेन्डा बनाउन सहकार्य गर्ने सहमति छ।
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी (केपी पालुङवा, सन्जुहाङ पालुङवा, एमएस थापा नेतृत्व रहेको) बिच कार्यगत एकता हुने भएकाे छ । दुवै दलबाट गठन भएको कार्यदलको आज बसेको बैठकले कार्यगत एकता गर्ने सहमति गरेको हो ।
यो कार्यगत एकता मोर्चाबन्दी हुँदै पार्टी एकतासम्मको लक्ष्यका साथ अघि बढेको बताइएको छ । कार्यदलको पहिलो बैठक अत्यन्तै सकारात्मक रूपमा सम्पन्न भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहताले बताए ।
बैठकमा दुवै पार्टीका प्रतिनिधिहरूले आ–आफ्नो पार्टीको वर्तमान राजनीतिक धारा, सैद्धान्तिक दृष्टिकोण र आन्दोलनको अनुभवहरू प्रस्तुत गर्दै साझा एजेन्डा निर्माणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट बुद्धछिरिङ मोक्तान, सन्तोष मेहता र रविन्द्रकुमार श्रेष्ठ रहेका छन् भने नेपाल जनमुक्ति पार्टीको तर्फबाट बलदीप राई, पदम जवेगु र लासिम पालुङवा प्रतिनिधि सदस्य रहेका छन् ।
बैठकमा समावेशी, सङ्घीय र पहिचानमा आधारित लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने साझा दृष्टिकोणका साथ आगामी रणनीति तय गर्ने सहमति भएको बताइएको छ ।
दुवै पक्षले सैद्धान्तिक सहमति र साङ्गठनिक समन्वयको जगमा स्थायी राजनीतिक एकताको सम्भावना रहेको धारणा व्यक्त गरेका छन् । दुवै पार्टीका नेताहरूले आगामी बैठकहरूमा कार्यदिशा, कार्यक्रम र साङ्गठनिक संरचनाको एकरूपता मार्फत साझा मोर्चा वा पार्टी एकताको मार्गचित्र तय गर्ने तयारीमा रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण