कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
सारांश
- नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ।
- असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र त्यसपछि नयाँ सदस्यता वितरण सुरु हुनेछ।
- १० जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद देखिएको छ, जसमा काठमाडौंलगायतका जिल्लाहरू छन्।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।
‘असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरु गर्ने निर्णय आज बसेको बैठकले गरेको छ,’ केन्द्रीय सदस्य समेत रहेका स्नेहीले रातोपाटीसँग भने ।
नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि बैठकले गरेको छ ।
उनका अनुसार अहिले ७७ जिल्लामा अनलाइनमा क्रियाशील सदस्यताको नवीकरण प्रविष्ट गर्ने काम भइरहेको छ । ‘सबै जिल्लामा सदस्यता नवीकरणको विवरण प्रविष्ट गर्ने काम भइरहेको छ , काम नभएको र सुरु नगरेको भन्ने जिल्ला छैन,’ स्नेहीले भने ।
असार मसान्तसम्म अनलाइनमा नवीकरणको काम नसकिए अटो लकको सिस्टम राख्ने निर्णय भएको पनि स्नेहीले जानकारी दिए ।
- क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा धेरै विवाद
कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणमा १० जिल्लामा चर्को विवाद देखिएको निष्कर्ष समितिको आज बसेको बैठकले निकालेको छ । सदस्य स्नेहीका अनुसार काठमाडौँ, बारा, सर्लाही, ओखलढुङ्गा खोटाङ, सिराहा, धनुषा, कपिलवस्तु, पश्चिम नवलपरासीलगायतमा चर्को विवाद देखिएको छ ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको एउटा पालिकाका तीन वडामा विवाद छ ।
चर्को विवाद भएकाका जिल्लामा समितिका सदस्यहरू स्थलगत गएर मिलाउने प्रयास गर्ने स्नेहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण