बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बुधबार, ०७ जेठ २०८२, १७ : ३४
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
  • उनीहरूमाथि पिपलकाँडँ मेलगौरी सडक निर्माण योजनामा २१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।
  • अनुगमन प्रतिवेदनमा हस्ताक्षर नभएको र मापदण्डविपरीत काम भएको लुकाएर बढी भुक्तानी गरेको आरोप छ।

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रमुख प्रशासकीय अधिकृत ओलीसहित गाउँपालिकाका प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडगाडा कम्पनीका प्रोप्राइटर शान्तबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । 

गाउँपालिकाको वडा नम्बर २ मा पिपलकाँडँ मेलगौरी सडक निर्माण योजनामा २१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।

फिल्डमा भएको काम भन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नै नभएकाले प्रतिवादीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाइछिपाइ मापदण्ड बमोजिम भएको भनी नगरेको कामको समेत झुट्टा र गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी बढी भुक्तानी गरेको आरोप उनीहरूमाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप