काठमाडौं परिसरबाट भागेका थुनुवा समातिए
बुधबार, ०७ जेठ २०८२, १९ : ५५

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भोगका थुनुवा पक्राउ परेका छन् ।
बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा २४ वर्षीय निशान परियार भागेका थिए । बुधबार साँझ नै उनलाई असनबाट प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।