बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

राजधानीबाट १६८ थान अवैध मोबाइलसहित दुई जना समातिए

बुधबार, ०७ जेठ २०८२, २० : ०५
बुधबार, ०७ जेठ २०८२

काठमाडाैँ । काठमाडौंको बालकुमारीस्थित सडक खण्डमा प्रहरीले चेकजाँचको क्रममा १६८ थान अवैध मोबाइल फोनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिब ८:५० बजे प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ बालकुमारी सडकखण्डमा चेकजाँचका क्रममा शंका लागि एक समूहलाई रोक्न खोज्दा उनीहरूबाट ठूलो परिमाणमा विभिन्न ब्रान्डका मोबाइल बरामद भएको हो।

पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौंको बाफलमा बसोबास गर्ने २४ वर्षीय शंकर श्रेष्ठ र भक्तपुर नगरपालिका–२ निवासी २३ वर्षीय कुशल सिलपकार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट Vivo कम्पनीका ३० थान, Samsung २५ थान, Oppo १७ थान, Realme १६ थान, Redmi १३ थान, iPhone १३ थान, OnePlus १० थान, Motorola ६ थान, Nokia ३ थान तथा अन्य ब्रान्डका ३५ थान मोबाइल गरी जम्मा १६८ थान मोबाइल बरामद गरिएको हो।

मोबाइलको वैध कागजात प्रस्तुत गर्न नसकेपछि प्रहरीले ती दुवैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप