द्वन्द्वपीडित महिलाहरूको सङ्गठनद्वारा सत्य निरूपण आयोगको प्रक्रिया अस्वीकार
काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यहरूको नियुक्ति पीडितहरूसँग परामर्शबिना गरिएको भन्दै ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठन’ ले आयोगको हालको प्रक्रिया अस्वीकार गर्ने घोषणा गरेको छ ।
सङ्गठनकी संयोजक देवी खड्काद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जेठ ४ गते आयोगमा अध्यक्ष तथा सदस्यहरूको नियुक्तिपछि जेठ ५ गते उजुरी माग सम्बन्धी सूचना प्रकाशित गरिएको भए पनि सो प्रक्रिया द्वन्द्वपीडितहरूसँग कुनै समन्वयबिना गरिएको उल्लेख छ ।
सङ्गठनले उक्त सूचनालाई पीडितको सुरक्षा र गोपनीयताको हकमा आघात पुर्याउने खालको अपरिपक्व निर्णयको संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, ’हामी पीडित पक्षलाई यो सूचना मान्य छैन । यस्तो प्रक्रियामा संलग्न हुनु आत्मघाती कदम हुनेछ भन्ने हाम्रो ठम्याइ हो ।’
सङ्गठनले हालको प्रक्रियामा संलग्न हुन नसक्ने स्पष्ट गरे पनि राज्यबाटै न्याय प्राप्त हुने आशामा आफूहरू रहेको बताएको छ ।’अझै पनि राज्यले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय प्रक्रिया अपनाउने विश्वास छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण