बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

द्वन्द्वपीडित महिलाहरूको सङ्गठनद्वारा सत्य निरूपण आयोगको प्रक्रिया अस्वीकार

बुधबार, ०७ जेठ २०८२, २० : ३४
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यहरूको नियुक्ति पीडितहरूसँग परामर्शबिना गरिएको भन्दै ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठन’ ले आयोगको हालको प्रक्रिया अस्वीकार गर्ने घोषणा गरेको छ ।

सङ्गठनकी संयोजक देवी खड्काद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जेठ ४ गते आयोगमा अध्यक्ष तथा सदस्यहरूको नियुक्तिपछि जेठ ५ गते उजुरी माग सम्बन्धी सूचना प्रकाशित गरिएको भए पनि सो प्रक्रिया द्वन्द्वपीडितहरूसँग कुनै समन्वयबिना गरिएको उल्लेख छ ।

सङ्गठनले उक्त सूचनालाई पीडितको सुरक्षा र गोपनीयताको हकमा आघात पुर्‍याउने खालको अपरिपक्व निर्णयको संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, ’हामी पीडित पक्षलाई यो सूचना मान्य छैन । यस्तो प्रक्रियामा संलग्न हुनु आत्मघाती कदम हुनेछ भन्ने हाम्रो ठम्याइ हो ।’

सङ्गठनले हालको प्रक्रियामा संलग्न हुन नसक्ने स्पष्ट गरे पनि राज्यबाटै न्याय प्राप्त हुने आशामा आफूहरू रहेको बताएको छ ।’अझै पनि राज्यले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय प्रक्रिया अपनाउने विश्वास छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

press realese

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप