पतञ्जलीको जग्गासम्बन्धी छानबिनबाट पछि हट्यो लेखा समिति
बिहीबार, ०८ जेठ २०८२, १४ : ५२
सारांश
- लेखा समिति पतञ्जली आयुर्वेदको जग्गा विवाद छानबिनबाट पछि हटेको छ। अख्तियारले छानबिन गरिरहेको कारण समितिले निर्णय लिएको हो।
- समितिले भूमि व्यवस्था मन्त्रालयसँग जानकारी मागेको थियो, तर आवश्यक विवरण नआएको र ढिलो जवाफ आएको बताइएको छ।
- पतञ्जलीले ३५३ रोपनी जग्गाको हदबन्दी छुट लिएको आरोप लागेको छ।
काठमाडौँ । लेखा समिति पतञ्जली आयुर्वेदको जग्गा विवादसम्बन्धी छानबिनबाट पछि हटेको छ । जग्गा विवादको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै समितिले यसबाट हात झिकेको हो ।
जग्गा विवादको सम्बन्धमा समितिमा उजुरी परेपछि समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग जानकारी मागेको थियो । मन्त्रालयले ढिलोगरी जवाफ पठाए पनि आवश्यक सबै जानकारी उपलब्ध नगराएको समेत सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
‘हामीले सात दिनभित्र जवाफ पठाउन भनेका थियौँ, ढिलोगरी जवाफ आयो, तर समयभित्रकै मिति राखेर, चाहिनेजति सबै जानकारी पनि आएन, अख्तियारले छानबिन गरिरहेको भन्ने पनि छ । त्यसैले यसलाई उतै पठाइदिउँ’ पोखरेलले भने । पतञ्जलीले अनधिकृत रुपमा ३५३ रोपनी जग्गाको हदबन्दी छुट लिएको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण