पतञ्जलीको जग्गासम्बन्धी छानबिनबाट पछि हट्यो लेखा समिति
बिहीबार, ०८ जेठ २०८२, १४ : ५२

समाचार सारांश
- लेखा समिति पतञ्जली आयुर्वेदको जग्गा विवाद छानबिनबाट पछि हटेको छ। अख्तियारले छानबिन गरिरहेको कारण समितिले निर्णय लिएको हो।
- समितिले भूमि व्यवस्था मन्त्रालयसँग जानकारी मागेको थियो, तर आवश्यक विवरण नआएको र ढिलो जवाफ आएको बताइएको छ।
- पतञ्जलीले ३५३ रोपनी जग्गाको हदबन्दी छुट लिएको आरोप लागेको छ।
काठमाडौँ । लेखा समिति पतञ्जली आयुर्वेदको जग्गा विवादसम्बन्धी छानबिनबाट पछि हटेको छ । जग्गा विवादको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै समितिले यसबाट हात झिकेको हो ।
जग्गा विवादको सम्बन्धमा समितिमा उजुरी परेपछि समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग जानकारी मागेको थियो । मन्त्रालयले ढिलोगरी जवाफ पठाए पनि आवश्यक सबै जानकारी उपलब्ध नगराएको समेत सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
‘हामीले सात दिनभित्र जवाफ पठाउन भनेका थियौँ, ढिलोगरी जवाफ आयो, तर समयभित्रकै मिति राखेर, चाहिनेजति सबै जानकारी पनि आएन, अख्तियारले छानबिन गरिरहेको भन्ने पनि छ । त्यसैले यसलाई उतै पठाइदिउँ’ पोखरेलले भने । पतञ्जलीले अनधिकृत रुपमा ३५३ रोपनी जग्गाको हदबन्दी छुट लिएको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकर्स सङ्घका पदाधिकारी नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
-
कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीया वृद्धाको मृत्यु
-
बाघको आक्रमणबाट मनहरीमा महिला घाइते