शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना
बिहीबार, ०८ जेठ २०८२, १४ : ५६

काठमाडौँ । रामेछापको खाँडादेवीबाट शव लिएर काठमाडौँ तर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सित्खा गोगनपानी सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले रातोपाटीलाई बताए ।
एम्बुलेन्समा शव बाहेक ४ जना सवार थिए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश मगर, नारायण बहादुर नेपाली र दिल बहादुर दमाई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता