अपडेट
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
बिहीबार, ०८ जेठ २०८२, १५ : १९

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा मानव तस्करीको आरोपमा अनुसन्धान सुरु गरेको छ।
- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ४ जनाको डिभाइस नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
- विमानस्थलमा सेटिङ मिलाएर रकम असुल्ने गरेको आरोपमा अनुसन्धान जारी छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान थालिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले रातोपाटीलाई बताए । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रवक्ता पौडेलले भने, ‘अनुसन्धानको लागी ४ जनाको डिभाइस नियन्त्रणमा लिएका छौँ ।’ भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरू सोधपुछ गरिरहेका छन् ।
खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
-
कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीया वृद्धाको मृत्यु
-
बाघको आक्रमणबाट मनहरीमा महिला घाइते
-
एनआरएनएको बद्री केसी समूहलाई झट्का दिनेगरी परराष्ट्रले पठायो सबै दूतावासलाई सर्कुलर