अपडेट
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
बिहीबार, ०८ जेठ २०८२, १५ : १९
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा मानव तस्करीको आरोपमा अनुसन्धान सुरु गरेको छ।
- गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ४ जनाको डिभाइस नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
- विमानस्थलमा सेटिङ मिलाएर रकम असुल्ने गरेको आरोपमा अनुसन्धान जारी छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान थालिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले रातोपाटीलाई बताए । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रवक्ता पौडेलले भने, ‘अनुसन्धानको लागी ४ जनाको डिभाइस नियन्त्रणमा लिएका छौँ ।’ भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरू सोधपुछ गरिरहेका छन् ।
खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण