सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
बिहीबार, ०८ जेठ २०८२, १५ : ४०
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका-११ लाई शव दाह गृह निर्माणका लागि सहयोग गरेको छ । बैंकले सहयोग स्वरूप ७० हजार रुपैयाँ बराबरको निर्माण सामग्री (ब्लकहरू र सिमेन्टहरू) प्रदान गरेको हो ।
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।
संस्थामा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यको लागी सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण