ऋषिकेशपत्नी अञ्जला जोडिएको ठगी मुद्दाको पेसी तेस्रो पटक सर्यो
विराटनगर । उमागौरी कृषि सहकारी प्रकरणको ठगी मुद्दाको पेसी तेस्रो पटक सरेको छ ।
उच्च अदालतका कायमकायुम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा आजका लागि पेसी चढेको थियो । प्रतिवादीको कानुन व्यवसायीले निवेदन दिएपछि पेसी स्थगित भएको हो । यो सँगै सहकारी ठगी मुद्दाको पेसी तेस्रो पटक स्थगित भएको छ ।
उक्त मुद्दामा सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएकी छिन् । मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अन्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएका थिए ।
११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझियो । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबिच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझियो । त्यसपछि तेस्रो न्यायाधीशको इजालसमा पेसी चढेको थियो । दुई पटकसम्म मुख्य न्यायाधीश नन्दको इजलासमा पेसी चढेपछि प्रतिवादीको कानुन व्यवसायीले हटाउँदै आएका छन् ।
यसअघि न्यायाधीश केशवप्रसाद बाँस्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अंजला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेका थिए ।
तर न्यायाधीश श्रीधरा कुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छिन् । जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोज कुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।
तत्कालीन न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण