बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्बिरहरू)
काठमाडौँ । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रिमनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रूपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।
गत वर्ष असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।
असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।
पूर्ण रूपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारी चालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
-(2)_tFNLn6QbIm.jpg)
-(3)_jIdfuFZm8i.jpg)
-(4)_9u50z2mHr1.jpg)
-(5)_vABDKWw6ZZ.jpg)
-(6)_KzowhwDu1u.jpg)
-(7)_f2G5h6qd3G.jpg)
-(8)_dVScfhC4GZ.jpg)
-(9)_fTaP7SPKin.jpg)
-(10)_ir0Ekucvij.jpg)
-(11)_qTQcWMpFUK.jpg)
-(12)_KSiXJzblj9.jpg)
-(13)_E5Glkcs9oN.jpg)
-(14)_AKEgH4fWjj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण