शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

‘म्यान अफ द वर्ल्ड २०२५’ मा सहभागी हुन दुलाल फिलिपिन्स प्रस्थान

शुक्रबार, ०९ जेठ २०८२, १४ : ०४
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स प्रस्थान गरेका छन् ।  फिलिपिन्समा मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२५’मा सहभागी हुन उनी बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ‘मिष्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेष कपाली, ‘मिष्टर वर्ल्ड २०२४’सन्तोष लोक्सम, ‘मिष्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, मिष्टर नेपालको रिजनल डाइरेक्टर सन्दीप केसी, नेशनल डाइरेक्टर रवि धमला, नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डे लगायतले बिदाइ गरेका थिए ।

दुलालले ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ जित्दै यो अवसर प्राप्त गरेका हुन् । प्रतियोगितामा उनले ‘वेस्ट पर्सनालिटी’को अवार्ड जितेका थिए । ३५ बढी देशका सहभागी रहने प्रतियोगितामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुन् ।

प्रतियोगितामा नेपाली कला संस्कृति चिनाउन दुलालले नेशनल कस्ट्युम राउन्डका लागि विभिन्न नेवारी कला संस्कृति झल्कने नेपाली ड्रेस तयार पारेका छन् । त्यसका अलवा खुकुरीमा नेपालको झन्डा भएको गिफ्ट समेत सबै सहभागीलाई दिन लिएर गएका छन् ।

‘प्रतिस्पर्धाको माध्यमबाट अन्य देशका सहभागीसँग जोडिए पनि उनीहरूसँग म दाजुभाइको सम्बन्ध बनाउनेछु’, दुलालले भने ‘नेपालको हिमाल, बुद्ध लगायतको वर्णन गरेर नेपाल भ्रमणको निम्तो समेत दिनेछु ।’ 

आफूले नेपालका कल्चर प्रचार र पर्यटन प्रवर्धनमा उक्त प्लेटफर्म सक्दो सदुपयोग गर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप