प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’

समाचार सारांश
- आजपा अध्यक्ष प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाको नाममा मानव तस्करीमा सरकारको संलग्नता रहेको आरोप लगाए।
- उनले प्रधानमन्त्री र गृहमन्त्रीको मौनतालाई यसमा प्रत्यक्ष संलग्नताको प्रमाणको रूपमा चित्रण गरे र नैतिकता प्रदर्शन गर्न माग गरे।
- साहले नक्कली भुटानी शरणार्थी प्रकरणलाई बिर्साउने गरी मानव तस्करी भइरहेको र यसमा कांग्रेस र एमालेका नेताहरूको संलग्नता रहेको आरोप लगाए।
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एयरपोर्टबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सरकारकै संलग्नतामा भइरहेको बताएका छन् ।
सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष साहले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए । भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भइराख्दा समेत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक किन मौन बसेको भन्दै उनले नैतिकता प्रदर्शन गर्नुपर्ने बताए ।
‘भिजिट भिसाका नाममा मानव तस्करी खुलेयाम भइरहेको छ । एयरपोर्टबाटै सरकारकै संलग्नता एवं सेटिङमा भइरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले नै लिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजी मौनता साध्नु र गृहमन्त्रीजी प्रतिक्रियाविहीन हुनु भनेको सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ ।’
नक्कली भुटानी शरणार्थी घटनालाई नै बिर्साउने गरी एयरपोर्टबाटै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी घटनामा प्रधानमन्त्री ओली किन मौन बसेको भन्दै उनले प्रश्न उठाएका छन् । उनले प्रश्न गर्दै भने, ‘एयरपोर्टबाट खुलेयाम मानव तस्करीको विषय सार्वजनिक भइराख्दा प्रधानमन्त्री ओली बोल्नुपर्दैन ? के यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्दैन ? यो गम्भीर प्रश्न हो, सरकारले जवाफ दिनुपर्छ, अलिकति नैतिकता छ भने नैतिकता प्रदर्शन गर्नुपर्छ ।’
एयरपोर्टबाटै सरकारकै संलग्नता र प्रत्यक्ष सेटिङमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी घटनाले नक्कली भुटानी शरणार्थी काण्ड समेत बिर्साएको टिप्पणी उनले गरे । उनले भने, ‘हाम्रै चेलीबेटी समेतलाई बेचेर लुट्ने सरकारको विकल्प खोज्नुपर्छ । भुटानी शरणार्थी घटनालाई बिर्साउने गरी भइरहेको एयरपोर्टको मानव तस्करीमा कांग्रेस र एमालेकै नेताहरूको संलग्नता देखियो ।’
पहिला पनि कांग्रेस–एमालेकै नेताहरू प्रत्यक्ष संलग्न रहेको भुटानी शरणार्थी काण्ड सबैलाई जानकारी भएकै विषय भएको बताउँदै उनले अहिले पनि नेपाली चेलीबेटी समेतलाई लुट्ने, मानव तस्करी गर्ने काम दुई तिहाइको शक्तिशाली सरकारले गर्नु दुःखद भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा विकास बजेट कार्यान्वयन : चैतमा बढेको गति वैशाखमा खस्कियो
-
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?
-
ट्रम्पद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक : कति विद्यार्थी प्रभावित हुनेछन्?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि रोक लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध मुद्दा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर