गृहमन्त्री र गृहसचिवलाई कारबाही माग गर्दै युवराज सफलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
सारांश
- युवराज सफलले नक्कली भिजिट भिसा प्रकरणमा मुछिएकालाई कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
- सफलले गृहमन्त्री र गृहसचिवलाई निलम्बन गर्न र मुद्दा दर्ता गरी कारबाही गर्न माग गरेका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गरेको छ र केही व्यक्तिको डिभाइस नियन्त्रणमा लिएको छ।
काठमाडौँ । नक्कली भिजिट भिसा प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै सफलले नक्कली भिजिट भिसा प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग गरेका हुन् ।
भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखक,गृह सचिव गोकर्णमणि दुवाडीलाई पदबाट निलम्बन गर्न उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले प्रचलित कानुन बमोजिम मुद्दा दर्ता गरी पक्राउ समेत गरेर हदैसम्मको कारबाही गर्न समेत भनेका छन् ।
नक्कली कागजात पेस गरी भिजिट भिसा तयार गरेर लाखौं रुपैयाँ एयरपोर्ट अध्यागमनका कर्मचारीहरूलाई बुझाई सेटिङमा मानव तस्करी भइरहेको र सो मानव तस्करीमा गृहमन्त्री, गृह सचिव एयरपोर्ट अध्यागमन प्रमुख गृहमन्त्रीका सचिवालय सदस्य लगायतको संलग्नता रहेको भनी विभिन्न सञ्चारचारमाध्यमबाट समाचार सम्प्रेषण भएको विषयको निष्पक्ष छानबिन गरी उनले दोषीमाथि कारबाही माग गरेका हुन् ।
भिजिट भिसा प्रकरणका विषयमा समाचारहरू बाहिरिँदा समेत गृहमन्त्री,गृह सचिव लगायतले कुनै प्रतिक्रिया नदिनु आरोप स्वीकार गर्नु भएको समेत उनले बताए ।
‘प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा भजाएर कसले लाखाैँ कमिसन उठाई रहेको छ सो समेत पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दछु । यस्तै विगत ५ वर्षदेखि भिजिट भिसामा विभिन्न देश जाने नेपालीहरूको सङ्ख्या आवश्यक कागजात भिजिट भिसामा जाने भनी गएकाहरू फर्किएको नफर्किएको विवरण उपर समेत छानबिन गर्न माग गर्दछु,’ध्यानाकर्षण पत्रमा भनिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ । यसका लागि अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण