कोशीमा आठ अध्यादेश सर्वसम्मतिले पारित
सारांश
- कोशी प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले पेस गरेको अध्यादेश सर्वसम्मतिले पारित भयो।
- पारित अध्यादेशले सार्वजनिक निजी साझेदारी ऐन लगायतका आठवटा प्रदेश ऐनहरूलाई संशोधन गर्नेछ।
- बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने र ११ सदस्यले भाग लिने कार्यसूची रहेको छ।
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गर्नुभएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।
यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन–२०७६, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, भवन ऐन–२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन–२०७७, प्रदेश पर्यटन विकास ऐन–२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन–२०७७ र प्रदेश वन ऐन–२०७७ समेत गरी आठवटा छन् ।
कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि आज हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिने कार्यसूची रहेको उपसचिव गौतम अमात्यले जानकारी दिए ।
यही जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण