बैँकिङ कसुरको मुद्दा उपत्यकामा मात्रै ५९ प्रतिशत
शुक्रबार, ०९ जेठ २०८२, १७ : २४
सारांश
- पछिल्लो १० महिनामा देशभर बैंकिङ कसुरसम्बन्धी मुद्दाहरू सबैभन्दा धेरै दर्ता भएका छन्।
- प्रहरी प्रधान कार्यालयका अनुसार, २०८१ साउनयता ११ हजार ४८ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।
- काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै, कुल मुद्दाको ५९.२५ प्रतिशत, बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।
काठमाडौँ । मुख्य १० वटा अपराध मध्येमा बैँकिङ कसुरसम्बन्धी अपराध सबैभन्दा धेरै हुने गरेका छन् । पछिल्लो १० महिनामा देशभर बैंकिङ्ग कसुरको मुद्दा सबैभन्दा धेरै देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०८१ साउनभन्दा पछि ११ हजार ४८ वटा बैँकिङ कसुुरका मुद्दा प्रहरीमा दर्ता भएको छ । तीमध्ये सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।
प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने– ‘कुल मुद्दामध्ये ५९ दशमलव २५ प्रतिशत मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण