शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

बैँकिङ कसुरको मुद्दा उपत्यकामा मात्रै ५९ प्रतिशत

शुक्रबार, ०९ जेठ २०८२, १७ : २४
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • पछिल्लो १० महिनामा देशभर बैंकिङ कसुरसम्बन्धी मुद्दाहरू सबैभन्दा धेरै दर्ता भएका छन्।
  • प्रहरी प्रधान कार्यालयका अनुसार, २०८१ साउनयता ११ हजार ४८ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।
  • काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै, कुल मुद्दाको ५९.२५ प्रतिशत, बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।

काठमाडौँ । मुख्य १० वटा अपराध मध्येमा बैँकिङ कसुरसम्बन्धी अपराध सबैभन्दा धेरै हुने गरेका छन् । पछिल्लो १० महिनामा देशभर बैंकिङ्ग कसुरको मुद्दा सबैभन्दा धेरै देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०८१ साउनभन्दा पछि ११ हजार ४८ वटा बैँकिङ कसुुरका मुद्दा प्रहरीमा दर्ता भएको छ । तीमध्ये सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।

प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने– ‘कुल मुद्दामध्ये ५९ दशमलव २५ प्रतिशत मुद्दा काठमाडौँ उपत्यकामा दर्ता भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप