शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमाथि आपत्ति जनाएको छ । संसद्को शिक्षा समिति अन्तर्गतको शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमा बुझाएको प्रतिवेदनमा आपत्ति जनाएको हो ।
प्रतिवेदनमा राहत शिक्षकसँग भएको सम्झौता विपरीत ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्ने प्रस्ताव गरेको हो । नेपाल राहत शिक्षक केन्द्रीय सचिवालय समितिको बैठकले शिक्षा उपसमितिले प्रस्ताव गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्लाको व्यवस्था हटाई राहत शिक्षकसँग भएको सम्झौता अनुसार प्रबन्ध गर्न माग गरेको छ ।
साथै हाल शिक्षा समितिमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा शिक्षा समितिले आफ्ना माग सम्बोधन नगर्ने परिस्थिति सिर्जना भएमा सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापन नहुने गम्भीर परिस्थिति सिर्जना भएमा गर या मर को निर्णायक आन्दोलनका लागि सङ्गठन सुदृढीकरण गर्न प्रदेश स्तरमा छलफल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)