शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?
काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमाथि आपत्ति जनाएको छ । संसद्को शिक्षा समिति अन्तर्गतको शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकमा बुझाएको प्रतिवेदनमा आपत्ति जनाएको हो ।
प्रतिवेदनमा राहत शिक्षकसँग भएको सम्झौता विपरीत ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्ने प्रस्ताव गरेको हो । नेपाल राहत शिक्षक केन्द्रीय सचिवालय समितिको बैठकले शिक्षा उपसमितिले प्रस्ताव गरेको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्लाको व्यवस्था हटाई राहत शिक्षकसँग भएको सम्झौता अनुसार प्रबन्ध गर्न माग गरेको छ ।
साथै हाल शिक्षा समितिमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा शिक्षा समितिले आफ्ना माग सम्बोधन नगर्ने परिस्थिति सिर्जना भएमा सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापन नहुने गम्भीर परिस्थिति सिर्जना भएमा गर या मर को निर्णायक आन्दोलनका लागि सङ्गठन सुदृढीकरण गर्न प्रदेश स्तरमा छलफल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण