'अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको चरम कायरता'
शनिबार, १० जेठ २०८२, १२ : ३०
सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले माओवादीको हिंसालाई जनताको अधिकारको लागि गोली चलाउनु कायरतापूर्ण कार्य भने।
- सिटौलाले स्वर्गीय खगेन्द्रराज रेग्मीको स्मृति सभामा सम्बोधन गर्दै कांग्रेस निर्माणमा रेग्मीको योगदानको चर्चा गरे।
- सिटौलाले रेग्मीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न उनको देखाएको बाटोमा हिँड्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
शनिवार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।
नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पार्नुभएको प्रभाव र सङ्गठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण