'अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको चरम कायरता'
शनिबार, १० जेठ २०८२, १२ : ३०

समाचार सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले माओवादीको हिंसालाई जनताको अधिकारको लागि गोली चलाउनु कायरतापूर्ण कार्य भने।
- सिटौलाले स्वर्गीय खगेन्द्रराज रेग्मीको स्मृति सभामा सम्बोधन गर्दै कांग्रेस निर्माणमा रेग्मीको योगदानको चर्चा गरे।
- सिटौलाले रेग्मीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न उनको देखाएको बाटोमा हिँड्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
शनिवार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।
नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पार्नुभएको प्रभाव र सङ्गठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित