युनान मिन्चु विश्वविद्यालयमा भाषा, संस्कृति र खाना महोत्सव
सारांश
- युनानमा सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो, जसमा नेपाल लगायतका देशका संस्कृति र खाना प्रदर्शन गरियो।
- महोत्सवमा चिनियाँ विद्यार्थीहरूले विभिन्न भाषाका गीत र नाटक प्रस्तुत गरे, जसमा नेपाली गीत पनि समावेश थियो।
- विदेशी भाषा विभागले भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई संस्कृति र खानाबारे जानकारी दिन महोत्सव आयोजना गरेको थियो।
चीन । भाषा,संस्कृति र खानाले दुई देशको सम्बन्धलाई विस्तार गर्ने उद्देश्य राखेर युनानमा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । युनान मिन्चु (जातीय) विश्वविद्यालयमा आयोजना गरिएको महोत्सवमा नेपाल,भारत,पाकिस्तान,बङ्गलादेश,श्रीलङ्का, मलेसिया, इन्डोनेसिया देशका संस्कृति,खानाका बारेमा विविध जानकारी दिइएको थियो ।

सो विश्वविद्यालयमा चिनियाँ विद्यार्थीहरूले नेपाललगायत चीनसँग सीमा जोडिएका छिमेकी देशका भाषाहरू अध्ययन अध्यापन हुने गर्दछ । भाषा अध्ययन गर्ने विद्यार्थीहरूले सबैभन्दा पहिले संस्कृति र खानाका बारेमा जानकारी दिने उद्देश्यले विश्वविद्यालय विदेशी भाषा विभागले हरेक वर्ष यस्ता महोत्सव आयोजना गर्न खोजेको हो ।

महोत्सवमा नेपाली,हिन्दी,उर्दू,तामिल,बङ्गाली, श्रीलंकन अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले आफूले पढेको भाषाका गीत र नाटक प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाली भाषाका अध्यापक निरन महर्जनले महोत्सवमा नेपाली गीत प्रस्तुत गरेका थिए ।
महोत्सवमा सीआरआई हिन्दी सेवामा कार्यरत चिनियाँ पत्रकार मिरा र अन्जलीले हिन्दी भाषामा हिन्दी भाषा र चीन र भारत सम्बन्धका बारेमा नाट्य प्रस्तुति गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण