आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै राजीनामा दिन्छु – गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने बताएका छन् ।
कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरुले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको पनि उनले बताएका छन् ।
शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गृह मन्त्रालय जस्तो ठूलो संस्थामा हजारौं होइन, लाखौं कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै भने, ‘संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ, तर त्यसैको आधारमा सबै मन्त्रीहरूले राजीनामा दिँदै जानुपर्ने हो भने के त्यसो गर्न सकिन्छ ? के यस्ता परम्परा बसाल्न सकिन्छ ।'
गृह मन्त्रालयसँग जोडिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भिजिट भिसासम्बन्धी घटनाका सन्दर्भमा उठेका आरोपप्रति स्पष्ट प्रतिक्रिया दिँदै मन्त्री लेखकले आफूविरुद्ध नियोजित रुपमा झूटा प्रचारबाजी गरिएको आरोप पनि लगाए।
'यदि मेरो सार्वजनिक वा राजनीतिक जीवनमा मैले आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने म पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिन तयार छु,' मन्त्री लेखकले भने। उनले आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा विस्तृत धारणा राख्न समय माग गरिएको जानकारी पनि दिए ।
गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको घटनालाई मन्त्रालयको नेतृत्वसँग जोडेर समाचार प्रकाशित एवं प्रसारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ–मन्त्रालय र यसको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न छैन।'
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा घटनाको अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य छानबिनपछि सार्वजनिक गरिने जानकारी दिइएको छ । मन्त्रालयले आयोगसँगको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।
मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण