कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घरमा उभिनुपर्ने अवस्था छ : चिरिबाबु महर्जन
सारांश
- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्न नेपालमा धेरै अप्ठ्यारो रहेको बताए।
- उनले बाढी प्रभावितलाई सहयोग गर्दा अख्तियारमा बयान दिनुपरेको अनुभव सुनाए, जसले गर्दा विपद्मा सहयोग गर्न समेत हिचकिचाउनुपर्ने अवस्था छ।
- महर्जनले नियत सफा भए राम्रा काम गर्नेलाई नियमनकारी निकायले अनावश्यक दुःख दिन नहुने धारणा राखे।
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अप्ठ्यारो रहेको बताएका छन् ।
आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घर (अख्तियार)मा उभिनुपर्ने अवस्था रहेको बताए । उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए ।
राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिचकिचाउनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताए । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने उल्लेख गर्दै उनले राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए ।
प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरू काम पूरा गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण