कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घरमा उभिनुपर्ने अवस्था छ : चिरिबाबु महर्जन

समाचार सारांश
- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्न नेपालमा धेरै अप्ठ्यारो रहेको बताए।
- उनले बाढी प्रभावितलाई सहयोग गर्दा अख्तियारमा बयान दिनुपरेको अनुभव सुनाए, जसले गर्दा विपद्मा सहयोग गर्न समेत हिचकिचाउनुपर्ने अवस्था छ।
- महर्जनले नियत सफा भए राम्रा काम गर्नेलाई नियमनकारी निकायले अनावश्यक दुःख दिन नहुने धारणा राखे।
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अप्ठ्यारो रहेको बताएका छन् ।
आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम गर्दा ऐन, कानुनमा ह्रस्व, दीर्घ मिलेन भने पनि रातो घर (अख्तियार)मा उभिनुपर्ने अवस्था रहेको बताए । उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२—२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए ।
राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिचकिचाउनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताए । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने उल्लेख गर्दै उनले राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए ।
प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरू काम पूरा गरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ
-
प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
-
एनआरएनए कतारको अन्तिम परिषद् भेला प्रभावित
-
‘गृहमन्त्री’ बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
-
ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
-
म्याग्नेसाइटको खानीबाट फिल्म नगरीसम्म : ३३ सय मिटर उचाइमा फिल्म सिटी ! (तस्बिरहरू)