आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अभियानकै रूपमा स्वयंसेवक खटाउँछौ : कार्यकारी निर्देशक भट्ट

आइतबार, ११ जेठ २०८२, १३ : ५९
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय विपद् प्राधिकरणका निर्देशकले विपद् व्यवस्थापनका लागि देशभर स्वयंसेवक परिचालन अभियान थालेको बताए।
  • ललितपुर महानगरपालिकामा आयोजित तालिम कार्यक्रममा उनले स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने र तीनै तहको सरकारसँग समन्वय आवश्यक रहेको बताए।
  • उनले स्वयंसेवक विकास गर्न र सबै पालिकामा तालिम पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा अघि बढाइएको बताएका छन् । 

आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अभियानकै रूपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्यूनीकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरे । उनले विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुने बताए । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरे मात्रै सफलता प्राप्त हुने उल्लेख गरे । 

उनले भने, ‘यो भन्दा पहिला हामी स्वयंसेवक गठन गर्न र यो काम हामीले गरेका थिएनौँ । यो नयाँ काम हामीले गरिरहेका छौँ । विपद्को समयमा स्वयंसेवकको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ 

भट्टले भने, ‘विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको सुरुवात गर्न खोजेका छौँ । ललितपुरबाट हामी यो सुरु गर्दैछौँ भने विस्तारै हामी सबै पालिकामा पुर्याउने लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा लिएर गइरहेका छौँ ।’

उनले ललितपुर महानगरपालिकाबाट सुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्‍याइने बताए ।  –न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप