राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा
सारांश
- एमाले जनसंगठनका पदाधिकारीहरूको बैठक च्यासलमा सुरु भयो, जहाँ जेठ १५ गतेको जनप्रदर्शनको तयारीबारे छलफल भयो।
- बैठकमा महासचिव शंकर पोखरेलको उपस्थिति थियो, र यसले राजवादीहरूको आन्दोलनको प्रतिवाद गर्ने रणनीति बनाउने निर्णय गर्यो।
- एमालेले गणतन्त्र दिवसको अवसरमा जनसमुदायलाई सहभागी हुन आह्वान गरेको छ, किनकि राजवादीहरूले राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्ने घोषणा गरेका छन्।
काठमाडौँ । नेकपा एमाले जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ ।
एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जेठ १५गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा नेताहरू एमाले उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई,लेखराज भट्ट,पद्मा अर्याल,गोकर्ण विष्ट लगायत सहभागी छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा गरेको हो । जेठ १५ गतेबाटै राजावादीहरूले पनि आन्दोलन गर्ने जनाएका छन् । उनीहरूले राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् । त्यसका लागि उनीहरूले नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी गतिविधि गर्दै आएका छन् ।
राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरूको पनि साथ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् ।सोही अनुसार सोमबारको बैठकबाट राजावदीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण