नेपालको झन्डासहित स्टल राखेर कान्स फिल्म फेस्टिभलबाट फर्कियो ‘एक्लो’
काठमाडौँ । फिल्म ‘एक्लो’ ले यसवर्षको ‘कान्स फिल्म फेस्टिभल २०२५’ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा दिलाएको छ ।
प्रदीप शाहीको निर्देशनमा बनेको साइ–फाइ थ्रिलर फिल्मले फ्रान्सको कान्स सहरमा आयोजित फेस्टिभलमा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको हो । स्टलमा नेपालको झन्डा समेत राखिएको थियो ।
‘कान्स फिल्म फेस्टिभल २०२५’मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भएका थिए । नेपाली फिल्मका लागि कान्स फिल्म फेस्टिभलमा ‘एक्लो’ यो उपस्थिति उल्लेखनीय मानिएको छ ।
सहभागीले कान्समा नेपाल फिल्म छायाङ्कन गर्ने उत्कृष्ट गन्तव्यको रूपमा समेत प्रचार गरेका छन् । यस वर्षको कान्समा इरानी निर्देशक जाफर पनाहीको ‘इट वास जस्ट एक एक्सिडेन्ट’ ले सर्वश्रेष्ठ फिल्मको अवार्ड जितेको छ । कान्समा टम क्रूज अभिनित फिल्म ‘मिसन इम्पोसिवल –दि फाइनल र्याकेनिङ’ को वल्र्ड प्रिमियर भएको थियो ।
फिल्मका निर्देशक प्रदीप शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान दिलाएको छ ।
‘एक्लो’ चलचित्रको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजन मार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ ।
फिल्ममा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
बाबु श्रेष्ठको छायाङ्कन रहेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् । ‘एक्लो’ को सम्पूर्ण छायाङ्कन नेपालको अपर मुस्ताङ र काठमाडौँमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण