युवा सङ्घ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । महाधिवेशन निर्वाचन कमिटीले सोमबार ढिलो गरी नामावली प्रकाशन गरेको हो ।
आइतबार मनोनयन दर्ता गरिएको थियो । आज बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक गरेकोमा बल्ल उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।थेबे र पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान मंगलबार बिहानदेखि सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण