लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना अस्पताल भर्ना, एक जना पक्राउ
सारांश
- लिभरपुल फुटबल टोलीको प्रिमियर लिग जितको खुसीयाली मनाइरहेका समर्थकहरूको भिडमा कार चलाउँदा २७ जना घाइते, जसमा चार बालबालिका पनि छन्।
- प्रहरीले एक ५३ वर्षीय बेलायती पुरुषलाई पक्राउ गरेको छ र यो घटना आतंकवादी गतिविधि नभएको जनाएको छ।
- घाइतेमध्ये एक बच्चा र एक वयस्कको अवस्था गम्भीर छ, भने केही मानिसहरू कारमुनि फसेका थिए।
लिभरपुल । लिभरपुल फुटबल टोलीको प्रिमियर लिग जितको खुसीयाली मनाइरहेका समर्थकहरूको भिडमा कार चलाउँदा करिब २७ जना घाइते भएका छन्, जसमा चारजना बालबालिकासमेत छन्। यस घटनामा एक जना बेलायती पुरुषलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार ‘लिभरपुल क्षेत्रका ५३ वर्षे गोरा बेलायती पुरुष’ लाई एक्लै कार कुदाउने व्यक्तिका रूपमा पहिचान गरिएको छ। प्रहरीले यो घटना आतंकवादी गतिविधिका रूपमा नभएको बताएका छन्।
करिब २० जनालाई घटनास्थलमै सामान्य चोटपटकको उपचार गरिएको थियो भने २७ जनालाई अस्पताल लगिएको थियो। यसमध्ये एक जना बच्चा र एक जना वयस्कको अवस्था गम्भीर रहेको जनाइएको छ।
एक बालबालिकासहित चार जना पीडितहरू भ्यानमुनि फसेका थिए, जसलाई उद्धारकर्ताहरूले गाडी उठाएर निकाल्नुपरेको थियो। ‘हामी यो घटनालाई एकल क्रियाकलापको रूपमा हेर्दैछौँ, र हाल हामी अरू कसैलाई खोजी गरिरहेका छैनौँ। यो घटना आतंकवादसँग सम्बन्धित छैन,’ डिपुटी चिफ कन्स्टेबल जेनी सिम्सले पत्रकारहरूलाई बताइन्।
घटनाका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्, जसमा लिभरपुलमा खेलाडीहरूले ट्रफी देखाउँदै खुला बसमा परेड गरिरहँदा एक कालो रङको कार भिडतर्फ जाँदै गरेको देखिन्छ। कारले ठक्कर दिँदा धेरै मानिसहरू हावामा उछालिएका थिए।
कार रोकेपछि आक्रोशित समर्थकहरू कारतर्फ अघि बढे र झ्यालहरू तोड्न थाले । प्रहरीले उनीहरूलाई चालकसम्म पुग्नबाट रोक्न हस्तक्षेप गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण