कर्मचारीबाट सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन सकेन : मुख्यमन्त्री सिंह
सारांश
- मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी र कर्मचारी समायोजन छिट्टै सक्नुपर्ने बताए।
- उनले कर्मचारीको सहयोग नपाउँदा विकास बजेट खर्च हुन नसकेको र पालिकामा खटिने प्रशासकीय अधिकृत प्रदेश सरकारको मातहतमा हुनुपर्ने धारणा राखे।
- मुख्यमन्त्री सिंहले मलको कोटा कम भएको र बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने माग गरे।
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधाममा आयोजित “सङ्घीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताए ।
समायोजन भएका कर्मचारीमध्ये ११ औँ तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाएको उदाहरण दिँदै उनले मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र सङ्घीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताए ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ विजनको आवश्यकता बढी भएपनि मलको कोटा न्यून रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसङ्ख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण