बागमती मन्त्रिपरिषद्बाट सरकारको नीति कार्यक्रम स्वीकृत
मङ्गलबार, १३ जेठ २०८२, १३ : २८
सारांश
- बागमती मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम स्वीकृत गरेको छ।
- आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, नीति कार्यक्रम बजेटमा समेटिने छ।
- प्रदेशसभा बैठक जेठ १४ गते १ बजे बस्ने र प्रदेश प्रमुख देवकोटाले नीति कार्यक्रम प्रस्तुत गर्नेछन्।
हेटौँडा । मंगलबार बसेको बागमती मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले नीति तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिए । उनले आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी ढङ्गबाट समेट्ने गरी नीति कार्यक्रम तयार गरेको जानकारी दिए ।
मन्त्रिपरिषदबाट स्वीकृत भएको नीति कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने उनले बताए । सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेस गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण