स्वास्थ्य महामारी रोकथामका लागि मन्त्री पौडेलका ६ निर्णय
सारांश
- स्वास्थ्य मन्त्रालयले मनसुन अघि संक्रमण तथा रोगको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी थालेको छ।
- मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले महामारी रोकथाम र नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेको छ।
- महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली परिचालन र तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिनेछ।
काठमाडौँ । मनसुन सुरु हुनुअघि विभिन्न संक्रमण तथा रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारीका काम सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयस्तरीय तयारी बैठक राखेर महामारी रोकथाम तथा नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेका छन्। बैठकमा मन्त्री पौडेलले विपद् आएपछि मात्रै सक्रिय हुने पुरानो अभ्यास अन्त्य गरी पूर्वतयारीका साथ महामारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
बैठकका प्रमुख निर्णयहरू यसप्रकार छन्:
सम्भावित जोखिमको पहिचान —
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्भावित महामारी देखिन सक्ने क्षेत्रको पहिचान गरी आवश्यक तयारी गर्ने।
सफा पानी र सरसफाईमा जोड —
सरसफाई र शुद्ध पानीको प्रयोगमा सचेतना बढाउने उद्देश्यले आवश्यक पूर्वाधार तथा स्रोत व्यवस्थापन गर्ने।
सूचना सामग्री सम्प्रेषण —
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्थानीय तहसम्म प्रभावकारी सूचना सामग्री सम्प्रेषणको व्यवस्था मिलाउने।
द्रुत प्रतिकार्य टोलीसँग समन्वय —
महाशाखाले देशभरका द्रुत प्रतिकार्य समूहहरूसँग भर्चुअल बैठक गरी जानकारी संकलन तथा कार्ययोजना तयार गर्ने।
तालिम प्राप्त जनशक्तिको परिचालन —
सातै प्रदेशमा कार्यरत तालिमप्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी आवश्यक स्थानमा परिचालन गरिने।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी पूर्वतयारी, सचेतना र प्रतिकार्यका कामहरू तीव्रता दिने तयारी गरिएको छ।
मन्त्री पौडेलले महामारी नियन्त्रणका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै तह–तप्काको सहकार्यमा प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण