मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

प्रचण्डद्वारा सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन

मङ्गलबार, १३ जेठ २०८२, १५ : ४५
मङ्गलबार, १३ जेठ २०८२

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण भएको छ । वडा नम्बर ६ घैरुङमा निर्माण भएको भवन मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

२१ रोपनी क्षेत्रफलमा बनेको भवनमा ५२ वटा  कोठा छन् । भवन बनाउन ८ करोड ४३ लाख ११ लगानी भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । 

भवन उद्घाटनपछि बोल्दै प्रचण्डले व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण भइरहेको भन्दै व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । ‘हामी सबैको दशकौँ लामो सङ्घर्ष र धेरैको बलिदानीपछि मात्रै यो व्यवस्था आएको छ । अहिले कताकता सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठाउने प्रयास भइरहेको छ’, उनले भने, ‘यसको रक्षाका लागि हामी फेरि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।

उनले बूढीगण्डकी जलविद्युत आयोजना बन्ने र बन्नैपर्नेमा जोड दिए । ‘मेरो पालामा बूढीगण्डकी मोडालिटीको बारेमा जति धेरै बैठक अरु बिषयमा भएन’, उनले भने, ‘त्यसैले बूढीगण्डकी बन्छ, बनाउनै पर्छ । यो अनिर्णयको अवस्था धेरै लामो रहनु हुँदैन ।’

गण्डकीका मुख्यमन्त्री पाण्डेले निर्वाचनका बेला जनतासँग गरेको वाचा सबै मिलेर पूरा गर्दै जानुपर्ने बताए । उनले सङ्घीयताको मर्म अनुसार सङ्घबाट बन्नुपर्ने कानुन नबन्दा प्रदेश र स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न नपाएको गुनासो गरे । 

जनसेवालाई सहज बनाउन पालिकाको नयाँ भवन प्रभावकारी हुने पालिका अध्यक्ष रमेश थापाको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप