यात्रुसँग बढी भाडा लिने तथा हैरानी दिने ३ सय ३१ ‘राइडर’ कारबाहीमा
मङ्गलबार, २० जेठ २०८२, २३ : ३३
सारांश
- काठमाडौंमा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा यात्रुसँग बढी भाडा लिने ३३१ राइडरलाई कारबाही गरेको छ।
- यात्रुलाई हैरानी दिने, सवारी आवागमनमा बाधा पुर्याउने र अफलाइन यात्रा गर्ने राइडरहरू कारबाहीमा परेका छन्।
- ट्राफिक नियम उल्लंघन गर्ने अन्य २७२ राइड सेयरिङ चालकलाई पनि कारबाही गरिएको छ।
काठमाडौँ। सार्वजनिक सवारी साधन बन्दको मौका छोपी यात्रुसँग बढी लिने तथा यात्रुलाई हैरानी दिने ३ सय ३१ ‘राइडर’ हरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार मङ्गलबार विभिन्न राइड सेयरिङ एपमार्फत यस्ता कार्य गर्ने ३ सय ३१ राइडरहरूलाई कारबाही गरिएको हो ।
प्रहरी कार्यालयका अनुसार यात्रुको पर्खाइमा बसेर सवारी आवागमनमा बाधा पुर्याउने, यात्रुबाट बढी भाडा लिने, अफलाइन यात्रा गर्ने तथा यात्रुलाई हैरानी दिने ३ सय३१ जना कारबाहीमा परेका छन् ।
साथै ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ जना राइड सेयरिङका चालक कारबाहीमा परेका छन् । उनीहरू सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण