‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सर वर्ल्डलिंक
काठमाडौं वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ।
प्रसिद्ध शोको दोस्रो सिजन आगामी असार १ गतेदेखि SPACE4K टेलिभिजन र DOKO युट्युब च्यानलमार्फत हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे प्रसारण हुनेछ। तीन वर्षपछि पुनः सुरु हुन लागेको कार्यक्रम यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुने आयोजक नोबडी प्रोडक्शनले जनाएको छ।
सिजन २ मा गायक दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न सुमन निर्णायकका रूपमा रहनेछन्। साथै, दस जना ग्रान्ड जुरी सदस्यले पनि प्रतिस्पर्धीहरूको मूल्यांकनमा सहयोग गर्नेछन्। कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन काकीले गर्नेछन्।
कुल ३१ एपिसोड रहने कार्यक्रमको पहिलो भागदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकसमक्ष प्रस्तुत गरिनेछ। नेपालसँगै अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशमा रहेका नेपाली समुदायले पनि कार्यक्रम हेर्न र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ, जसले कार्यक्रमको पहुँच र अन्तरक्रियात्मकता अझ बढाउने विश्वास लिइएको छ।
सहकार्यबारे वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “यस किसिमका कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने काम गर्छन्। वर्ल्डलिंकले नेपाली आवाज, सपना र सम्भावनालाई प्रवर्द्धन गर्न प्रतिबद्धता जनाएको छ, जसले हामीलाई अत्यन्त गौरवको अनुभूति गराएको छ।”
वर्ल्डलिंकको सहकार्यले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली प्रतिभा पुर्याउने र बाल प्रतिभालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण