बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र ‘महाभोज’को  प्रिमियर, के भन्छन् सहभागी ?

बुधबार, १४ जेठ २०८२, १० : ०१
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘महाभोज’ प्रिमियर गरिएको छ । मङ्गलवार साँझ काठमाडौँमा आयोजित प्रिमियरमा रंग पत्रकार, चलचित्र युनिट र सहकारी पीडितहरू सहभागी थिए ।

सहभागी सहकारी पीडितहरूले चलचित्रले आफ्नै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले उत्साह व्यक्त गर्दै भने, 'राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।'

यसैबिच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदै छ । 

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । 

चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ । 

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।

mahabhij p

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप